Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कृषि तथा पशुपन्छीको बीमा गर्ने बढे, गत आवमा पौने २ लाखभन्दा बढी बीमालेख विक्री

कृषि तथा पशुपन्छीको बीमा गर्ने बढे, गत आवमा पौने २ लाखभन्दा बढी बीमालेख विक्री

काठमाडौं, २१ भदौ । पछिल्लो समय कृषि बीमा गर्नेहरूको संख्या बढ्न थालेको छ । बीमा समितिका अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा बाली तथा पशुपन्छी बीमाबापत १ लाख ७६ हजार १९५ बीमालेख विक्री भएको छ, जसबाट १ अर्ब ७७ करोड ५६ लाख ८३ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यसमध्ये बाली बीमातर्फ १४ करोड ५९ लाख ५० हजार र पशुपन्छी तथा माछा बीमातर्फ १ अर्ब ६२ करोड ९७ लाख ३३ हजार रुपैयाँ बीमाशुल्क संकलन भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा बीमालेख संख्या ३६.५८ प्रतिशतले बढेको छ । यस्तै बीमाशुल्क संकलनमा ५०.२७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा १ लाख ३९ हजार वटा बीमालेख विक्री भएको थियो भने १ अर्ब १८ करोड १६ लाख ९९ हजार बीमाशुल्क संकलन भएको थियो । बीमा समितिले स्थानीय तहसँगको सहकार्यमा कृषि बीमाको प्रचार प्रसार अगाडि बढाएसँगै कृषि बीमा गर्नेहरू बढ्दै गएको कार्यकारी निर्देशक पौडेलले बताए ।

ग्रामिण भेगमा अझै पनि बीमाको जनचेतना व्यापक हुन नसक्दा कृषि बीमा गर्दा हुने फाइदाबाट कतिपय कृषक वञ्चित छन् । तर, निर्जीवन बीमा कम्पनीहरूले आफ्नो व्यवसायलाई ग्रामिण भेगसम्म पु¥याउने प्रयास भने गरिरहेका छन् । यसले गर्दा कृषि बीमा गर्नेहरूको दर पनि बढ्दै गएको उनले बताए ।

कृषि बीमा बढेसँगै दाबी भुक्तानी पनि बढ्दै गएको छ । गत आर्थिक वर्षमा ६४ करोड ३० लाख ३५ हजार रुपैयाँको दाबी भुक्तनी परेको छ । दाबी भुक्तानी संख्या अघिल्लो वर्षको तुलनामा ५०.२७ प्रतिशतले वृद्धि भएको समितिले जनाएको छ । प्राकृतिक विपत्तिले कृषि क्षेत्रमा निम्त्याउने क्षतिलाई बीमाले केही हदसम्म बहन गर्ने हुँदा नेपाल जस्तो कृषि प्रधान मुलुकमा कृषि बीमाको आवश्यकता बढ्दै गएको छ । यसको बारेमा जनस्तरसम्म चेतनाको आवश्यकता रहेको समितिको ठहर छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x