इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने
काठमाडौं, २१ भदौ । इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । बीमितहरुले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशतदेखि एक हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाइने जनाइएको छ।
यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सक्ने छन् । कात्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सक्ने इसेवाले जनाएको छ। आइफोन विजेता गोलाप्रथा माध्यमबाट छानिनेछ । आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ता भित्र शुल्क भुक्तानी गर्नुपर्ने जनाइएको छ।