Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

१६१ अंकले बढ्यो नेप्से, ९ अर्ब ८२ करोडको कारोबार

१६१ अंकले बढ्यो नेप्से, ९ अर्ब ८२ करोडको कारोबार

काठमाडौं, २१ भदौ । हिजो १०८ अंकले घटेको शेयर बजार परिसूचक (नेप्से) आज भने उच्च अंकले बढेको छ । परिसूचक आज १६१.९४ अंकले बढेर २९८० को विन्दुमा उक्लिएको छ ।

कारोबारमा आएका १३ वटै समूहको सूचक बढेको छ । कारोबार २२४ कम्पनीको ९ अर्ब ८२ करोड ६२ लाख रुपैयाँको भएको छ। यो कारोबार रकम भने हिजोको तुलनामा कम हो । हिजो ११ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

आजै मात्र शेयर बजारमा गिरावट आएकोबारे अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका थिए । उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन सम्पर्क गरी समस्या समाधान गर्न आग्रह गरेको अर्थ मन्त्रालयले जनाएको छ। त्यसले लगानीकर्ताको मनोबल बढाएको बताइएको छ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर धितो ऋण एउटै संस्थाबाट ४ करोड र धेरै संस्था भए १२ करोडसम्म लिन पाइने व्यवस्था गरेको छ। त्यसपछि बजार निरन्तर घट्दै आइरहेको थियो । यसबारे पनि राष्ट्र बैंकले आज थप प्रष्ट पारेको छ ।

आज सबैभन्दा धेरै शेयर कारोबार अरुणभ्याली हाइड्रोपावर कम्पनीको भएको छ। यो कम्पनीको ४६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै नेशनल हाइड्रोपावर, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स लगायतको कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x