Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पुँजी बजारमा देखिएको समस्या समाधान गर्न गभर्नरलाई अर्थमन्त्री शर्माको आग्रह

पुँजी बजारमा देखिएको समस्या समाधान गर्न गभर्नरलाई अर्थमन्त्री शर्माको आग्रह

काठमाडौं, २१ भदौ । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिबारे अर्थ मन्त्रालयको चासो देखाएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको अवस्थाका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेको मन्त्रालयले जनाएको छ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेको बताइएको छ।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएको मन्त्रालयले जारी विज्ञप्तीमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x