Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

औसत ४१ प्रतिशतले घट्यो चिया र अलैंचीको निर्यात

औसत ४१ प्रतिशतले घट्यो चिया र अलैंचीको निर्यात

काठमाडौं, २२ भदौ । मुलुकको निर्यात व्यापारमा प्रमुख हिस्सा ओगट्ने गरेका दुई वस्तु चिया र अलैंचीका निर्यात घटेको छ । भन्सार र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा यी दुई वस्तुको निर्यातमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा औसत ४१.१ प्रतिशतको ह्रास आएको छ ।

गत महिना ३३ करोड रुपैयाँ बरारबको ११ लाख ३३ हजार २८० किलो चिया निकासी भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.९ प्रतिशतको कमी हो । गत आर्थिक वर्षको साउनमा ७८ करोड ६३ लाख रुपैयाँ बराबरको २८ लाख २९ हजार ७४७ किलो चिया निकासी भएको भन्सार विभागको तथ्यांक छ ।

यसैगरी गत महिनामा अलैंचीको निर्यात पनि २५.१ प्रतिशतले घटेको छ । सो अवधिमा ३५ करोड ६५ लाख ७८ हजार रुपैयाँ बराबरको ४ लाख ५३ हजार किलो अलैंची निकासी भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४७ करोड ६२ लाख रुपैयाँ बराबरको ५ लाख ९५ हजार अलैंची निर्यात भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x