Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

महालक्ष्मी विकास बैंक र विद्युत् प्राधिकरणबीच विद्युत् महसुल संकलन सम्बन्धी सम्झौता

महालक्ष्मी विकास बैंक र विद्युत् प्राधिकरणबीच विद्युत् महसुल संकलन सम्बन्धी सम्झौता

काठमाडौं, २२ भदौ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत् महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि सम्झौता गरेको छ । सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरे ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहक वाजो कोहिले पनि आफुले खपत गरेको विद्युत्को महशुल बैंकको मोवाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थितभई भुक्तानी गर्न सक्नेछन् । सम्झौताअनुसार सेवाग्राहीले मासिक ५०० प्रतिशत रुपैया सम्मको विद्युत् महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनु पर्दैन भने रु। ५०१ भन्दामाथी ५ लाख सम्मको महशुल भुक्तानीमा पाँच रुपैयाँमात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ ।

महालक्ष्मी बिकास बैंक र नेपाल विद्युत् प्रधिकरणबीच भएको यस प्रकारको विद्युत महसुल संकलन सम्बन्धि सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत् महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ । महालक्ष्मी विकास बैंकले देशका बिभिन्न स्थानमा रहेका १०३ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x