Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

युनिलिभर नेपाललेद्वारा प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश प्रस्ताव

युनिलिभर नेपाललेद्वारा प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश प्रस्ताव

काठमाडौं, २२ भदौ । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ सम्मको वितरण योग्य नाफाबाट नगद लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रतिकित्ता शेयर बराबर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले साधारण सभाबाट पारित भएको ४५ कार्य दिनभित्र शेयरधनीहरुलाई नगद लाभांश वितरण गरिने पनि बताइएको छ । लाभांश वितरणका लागि कम्पनीले आगामी असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज २४ गतेसम्म कायम शेयरधनीहरु कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्तिका लागि योग्य हुने छन् ।

सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x