Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मंगलबार शेयर बजार ४४ अंक घटेर बन्द, कारोबार रकममा पनि कमी

मंगलबार शेयर बजार ४४ अंक घटेर बन्द, कारोबार रकममा पनि कमी

काठमाडौं, २२ भदौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४४.१८ अंकले घटेर बन्द भएको छ । २९९९.६२ विन्दुबाट खुलेको बजार दिनभरीको उतारचढाप पछि १.४८ प्रतिशत घटेर २९३६.६१ विन्दुमा रोकिएको हो । मंगलबार नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । सोमबार ९ अर्ब भन्दा बढीको शेयर कारोबार भएकोमा मंगलबार २ अर्ब कमीको कारोबार भएको हो । यो दिन ७ अर्ब ४९ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

आज २२२ वटा कम्पनीको १ करोड ५० लाख ८२ हजार कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको भएको छ । यो कम्पनीको १० लाख ३९ हजार ६०१ कित्ता शेयर ६१ करोड ९२ लाख ९१ हजार रुपैयाँमा खरिद विक्री भइको छ । यो कम्पनीको शेयर मूल्य ६०७ रुपैयाँ कायम भएको छ ।

आज पनि सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले नै वृद्धि भएको छ । यो कम्पनीको अन्तिम शेयर मूल्य ४५२.२० रुपैयाँ कायम भएको छ । त्यस्तै यूनाइडेड मार्दीको ७.७८ प्रतिशतले शेयर मूल्य वृद्धि भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये अन्य र म्युचुअल फण्ट समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । अन्य समूहको परिसूचक १.०१ प्रतिशतले वृद्धि भएको छ भने म्युचुअल फण्ट समूहको परिसूचक ०.५६ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा होटल तथा पर्यटन समूह रहेको छ । यो समूहको परिसूचक २.९९ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x