Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

निक्षेपमा २ अर्ब ६५ करोड निक्षेप लगानी गर्दै राष्ट्र बैंक

निक्षेपमा २ अर्ब ६५ करोड निक्षेप लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, २३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २ अर्ब ६५ करोड रुपैयाँ निक्षेप लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले कर्मचारी सुरक्षण कोष÷पेन्सन तथा उपदान कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा निक्षेपको रूपमा लगानी गर्न लागेको बैंकद्वारा बुधवार जारी सूचनामा उल्लेख छ ।

निक्षेपका रूपमा लगानी गर्न लागिएको कुल रकममध्ये वाणिज्य बैंकका लागि २ अर्ब १२ करोड, विकास बैंकका लागि ३९ करोड ७५ लाख र वित्त कम्पनीका लागि १३ करोड २५ लाख रुपैयाँ छुट्ट्याइएको छ ।

केन्द्रीय बैंकले आगामी असोज १ गतेदेखि लागू हुनेगरी १ वर्ष (३६५ दिन) अवधिका लागि सो रकम निक्षेपमा राख्न लागेको हो । यसका लागि योग्य बैंक तथा वित्तीय संस्थाले आफूले निक्षेपको रूपमा स्वीकार्न चाहेको रकम उल्लेख गरी आउँदो शुक्रवार (भदौ २५) गतेभित्र अनलाइमार्फन आवेदन दिन सक्ने बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x