स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस शेयर दिने

काठमाडौं, २३ भदौ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २५ प्रतिशत बोनस शेयर दिने भएको छ। स्वरोजगारको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट २५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बोनस वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ४१ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि चुक्ता पुँजी ५१ करोड ४० लाख ९९ हजार रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *