नबिल म्युचुअल फण्डद्वारा सञ्चालित दुबै फण्डले लाभांश घोषणा गरे

काठमाडौ, २३ भदौ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल इक्विटी फण्डले लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष २०७७–७८ को लागि नबिल ब्यालेन्स्ड फण्ड–२ ले इकाईधनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फण्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको हिजो बेिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। यी दुई फण्डहरुको कोष प्रबर्द्धक नबिल बैंक लिमिटेड हो भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *