नेपाल पुनर्बीमाको लाभांश परिमार्जन, नगद लाभांश घट्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले यस अघि घोषणा गरेको लाभांश परिमार्जन गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले बीमा समितिको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको हो । पहिला २० प्रतिशत लाभांश घोषणा गरेकोमा हाल कायम चुक्ता पूँजीको १६.५ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको थियो ।

परिमार्जन लाभांश अनुसार चुक्ता पूँजीको १६.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय कम्पनीले गरेको छ । नगद लाभांश १ प्रतिशत घटेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *