Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना शुरू

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना शुरू

काठमाडौं, २८ भदौ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जिविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत आइतबारबाट काठमाण्डौंका विभिन्न स्थानकमा एकैसाथ काम शुरु भएको छ । परियोजनाले टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा नारायणहिटी दरबार संग्रहालयमा सयजना, चन्द्रागिरीको मातातिर्थमा सयजना र सहित स्मारक प्रकृती प्रतिष्ठान थानकोटमा ६० जना पर्यटन मजदुरहरुलाई काममा लगाइएको छ ।

यस्तै होटल एशोसिएशन नेपाल (हान) सँगको ४० जना बढिले काम शुरु गरेको छ, जसअनुसार आइतवारमात्र करिब तीन सय बढि पर्यटन क्षेत्रका श्रमिक तथा मजदूर काममा जोडिएका छन् ।
परियोजना अन्तर्गत कीर्तिपुर र काठमाडौं बाहिरका पर्वतको जलजला, संखुवासभाको चिचिलामा गरी करिव २ सय ५० जना श्रमिकहरु काममा आवद्ध भएको परियोजनाले जानकारी दिएको छ ।

परियोजनाले पर्यटनका विभिन्न छाता संस्थाहरूका साथै काठमाण्डौको किर्तीपुर,भक्तपुरको चाँगुनारायण,मकवानपरको थाहा,चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, मुस्ताङ, पर्वत र ओखरढुंगा एक एक गरी १० ओटा स्थानीय तहसँग सम्झौता गरी जिविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरिसकेको छ । दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पु¥याइने परियोजनाको लक्ष्य छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x