Date

बुध, साउन १४, २०८२
Wed, July 30, 2025

राष्ट्र बैंकको झन्डै ३ अर्बको मुद्दती निक्षेप लगानी, बैंकहरूलाई प्रस्ताव आह्वान

राष्ट्र बैंकको झन्डै ३ अर्बको मुद्दती निक्षेप लगानी, बैंकहरूलाई प्रस्ताव आह्वान

काठमाडाैं, १३ साउन । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ९२ करोड ५३ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले यो रकम आगामी अगष्ट ११, २०२५ देखि अगष्ट ११, २०२६ सम्म ३६६ दिनका लागि निक्षेपका रूपमा जम्मा गर्नेछ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा २ अर्ब ३४ करोड ४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ४३ करोड ८७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्तीय संस्थाहरूमा १४ करोड ६२ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।

यो निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम र सोमा प्रदान गर्ने ब्याजदरसहितको प्रस्ताव साउन १४ गते राति १२ बजेसम्म बोलकबोलमार्फत पेश गर्नुपर्नेछ । राष्ट्र बैंकले यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रूपमा भुक्तानी गर्नुपर्ने जानकारी दिएको छ ।

 

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *