मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न ५ संस्गालाई सहयोग
काठमाडौं, २८ भदौ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ५ विभिन्न संस्थालाई सहयोग गरेको छ । बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सीयल डिजिटलाइजेसन लिट्रेसी’ लागि ५० हजार रकम मिडिया इन्टरनेसनललाई सहयोग गरेको छ । यसैगरी कास्कीको मालपोत कार्यालयमा सेवाग्राहीहरु बस्ने प्रतिक्षालयको लागि ३ थान फलामको सहयोग गरेको जानकारी दिइएको छ।
यसका साथै बैंकले बालबालिकाको शिक्षाको लागि निमित्त रेश्ट फाउन्डेसन अन्तरगत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकालागि चाहिने किताबको दराजको निमार्ण गर्न ४० हजार सहयोग गरेको छ । साथै बैंकले भैसेपाटीस्थित प्रगती युवा क्लबले आयोजन गरेको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गर्नुको साथै आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकास बरालको मृगौला प्रत्यारोपनपणका लागि ५० हजार सहयोग गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।