Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सुनको मूल्य बढेर तोलाको ९० हजार छ सय पुग्यो

सुनको मूल्य बढेर तोलाको ९० हजार छ सय पुग्यो

काठमाडौं, २८ भदौ । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार प्रतितोला तीन सय रुपैयाँले बढेर ९० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतवार मूल्य चार सय रुपैयाँले घटेको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको छ । आइतवार यसको मूल्य ८९ हजार आठ सय रुपैयाँ थियो ।

सोमवार चाँदीको मूल्य पनि बढेको छ । पाँच रुपैयाँले बढेर एक हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x