Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

५१% औषधिमा स्वदेशी उद्योगको भर, आत्मनिर्भर बन्न प्रोत्साहन र उपयुक्त वातावरणको खाँचो

५१% औषधिमा स्वदेशी उद्योगको भर, आत्मनिर्भर बन्न प्रोत्साहन र उपयुक्त वातावरणको खाँचो

काठमाडौं, २९ भदौ । मुलुकमा खपत हुने औषधिमा स्वदेशी उत्पादनले हिस्सा ५१ प्रतिशत रहेको बताइएको छ । केही वर्ष अघिसम्म स्वदेशी उत्पादन करिब १० प्रतिशत मात्र रहेकोमा अहिले बढेर झन्डै ५१ प्रतिशत पुगेको नेपाल औषधि उत्पादक संघ (एपोन)ले बताएको हो ।

नेपालमै औषधि उत्पादन गर्न सकिन्छ भन्ने सोच समेत नभएको अवस्थामा आयातमुखी अवधारणाअनुसार ल्याइएको औषधि ऐन–२०३५ ले कतिपय औषधि विदेशमा समेत निर्यात हुने गरेको अवस्थालाई सम्बोधन गर्न नसक्ने भन्दै एपोनले ऐनलाई उत्पादन र निर्यातमुखी बनाउनुपर्ने माग गरेको छ ।

स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सके औषधिमा छिट्टै ८० देखि ९० प्रतिशत आत्मनिर्भर बन्न सकिने एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा संघ रहेको र यसमा राज्यले सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ । यसका लागि अनुुकूल नीति र त्यसको प्रभावकारी कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता रहेको उनले औंल्याए ।

एक तथ्यांकअनुसार नेपालको औषधि बजार करिब ४५ देखि ५० अर्बको छ । औषधिको बजार प्रत्येक वर्ष १८ देखि २० प्रतिशतले बढ्दै गएको एपोनले बताएको छ । करिब ३० अर्ब बराबरको औषधि विदेशबाट आयात हुने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x