Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

नेप्से परिसूचक दोहोरो अंक घट्यो, ५ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार

नेप्से परिसूचक दोहोरो अंक घट्यो, ५ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार

काठमाडौं, २९ भदौ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । २९५०.३७ विन्दुबाट खुलेको बजार १८.५४ अंकले घटेर नेप्से परिसूचक २९२९.२९ विन्दुमा रोकिएको हो ।

२२२ कम्पनीको १ करोड ६ लाख ३९ हजार कित्ता शेयर ५ अर्ब १९ करोड ५२ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ३ लाख ८८ हजार १५ कित्ता शेयर २७ करोड ३ लाख ७० हजार रुपैयाँमा खरिद विक्री भएको छ ।

त्यसैगरी आज सर्वाधिक शेयर मूल्य वृद्धि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतशितले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य ७५५.९० रुपैयाँ कामय भएको छ । त्यस्तै सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य ७२८ रुपैयाँ कायम भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा नर्जीवन बीमा समूह रहेको छ । यो समूहको परिसूचक २.०४ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x