शेयर बजार आज पनि घट्यो, ५ अर्बको शेयर कारोबार
काठमाडौं, ३० भदौ । बुधबार नेप्से परिसूचक ४०.२६ अंकले घटेर बन्द भएको छ । परिसूचक हिजोको तुलनामा १.३७ प्रतिशतले घटेर २८८९.०३ विन्दुमा रोकिएको छ । आइतबार र सोमबार लगातार उकालो लागेको परिसूचक मंगलबार १८ अंकले घटेको थियो ।
आज २२२ कम्पनीको १ करोड ५ लाख ५७ हजार कित्ता शेयर ५ अर्ब ३५ करोड ८० लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड शेयर मूल्य ८.२३ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य ८१८.१० रुपैयाँ कायम भएको छ ।
आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । २२ करोड १४ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । त्यस्तै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको १७ करोड २ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।
आज कारोबारमा आएका १३ समूहकै परिसूचक घटेको छ ।