Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग

नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग

काठमाडौं, ३० भदौ । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि ५ अर्ब ८७ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि वैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई अलग अतिरिक्त वित्तीय सम्झौतापत्रमा आज हस्ताक्षर गरे ।

सरकारको प्राथमिकतामा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनमा सघाउनका लागि उक्त रकम उपलब्ध गराएको जनाइएको छ। नेपालको स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि उपलब्ध गराइएको थप सहायताले सार्वजनिक खरीद् वित्तीय व्यवस्थापन, सूचना व्यवस्थापन तथा अधिक उत्तरदायित्वका लागि नागरिक संलग्नताका क्षेत्रमा सुधार ल्याउन सघाउने विश्वास गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x