Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्रिय वाणिज्य बैंकले चैनपुर नगरपालिकाका युवालाई सहुलियत व्याजमा कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंकले चैनपुर नगरपालिकाका युवालाई सहुलियत व्याजमा कर्जा दिने

काठमाडौं, ३० भदौ । राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय युवा परिषद् र चैनपुर नगरपालिका (संखुवासभा जिल्ला)बीच मंगलबार काठमाडौंमा सम्झौता भएको छ । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले नगरपालिका भरिका १६ देखि ४० वर्षसम्मका १०० जना युवाहरुलाई उद्यमशीलता विकासका लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सात दिने तालिम कार्यक्रम संचालन गर्नेछ । त्यसपछि बैंकले तालिम प्राप्त उद्यमीहरुलाई नियमअनुसार अनुसार सहुलियपूर्ण कर्जा लगानी गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x