Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

चीनबाट आज ४४ लाख डोज खोप आउँदै, असोज मसान्तभित्र १ करोड ल्याउने तयारी

चीनबाट आज ४४ लाख डोज खोप आउँदै, असोज मसान्तभित्र १ करोड ल्याउने तयारी

काठमाडौं, १ असोज । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याउने भएको छ । खोप ल्याउन बिहिवार राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीन गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खरिद गरिएको खोप भोलि चीनबाट ल्याइने जानकारी दिए । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार वाइडबडी विमान चीनबाट आज दिउँसो २ बजे खोप लिएर आउनेछ ।

नेपालमा अहिलेसम्म १ करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्ममा एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x