जीवन बीमा कम्पनीको ३ खर्ब ४३ अर्ब लगानीमा, वाणिज्य बैंकको मुद्दतीमा मात्रै ७० प्रतिशतभन्दा धेरै

काठमाडौं, १ असोज । सञ्चानलनमा रहेका जीवन बीमा कम्पनीहरूको लगानी गत आर्थिक वर्षसम्ममा ३ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । बीमा समितिले सार्वजनिक गरेको १९ जीवन बीमा कम्पनीहरूको लगानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कुल ३ खर्ब ४३ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ पुगेको हो ।

जीवन बीमा कम्पनीहरूले १२ शीर्षकमा उक्त लगानी गरेका हुन्, जसमध्ये सबैभन्दा धेरै लगानी वाणिज्य बैंकको मुद्दती निक्षेपमा रहेको छ । कम्पनीहरूले गरेको लगानीको ७०.९३ प्रतिशत अर्थात् २ खर्ब ४३ अर्ब ५५ करोड रुपैयाँ वाणिज्य बैंकको निक्षेपमा रहेको छ । यस्तै दोस्रो धेरै लगानी विकास बैंकको मुद्दती निक्षेपमा रहेको । सो शीर्षकमा कुल लगानीको ९.२८ प्रतिशत अर्थात् ३१ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

कम्पनीहरूको तेस्रो धेरै लगानी सूचीकृत पब्लिक कम्पनीको डिबेन्चर शीर्षकमा रहेको छ । सो शीर्षकमा ६.२८ प्रतिशत अर्थात् २१ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । यस्तै चौथो स्थानमा रहेको क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयरमा ५.३३ प्रतिशतले १८ अर्ब २९ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *