Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

आजदेखि देशका ३९ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा

आजदेखि देशका ३९ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा

काठमाडौं, १ असोज । दशैं–तिहार तथा छड पर्वलाई लक्षित गरी सरकारले आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ। पसलमा सुपथ मूल्यमा खाद्यान्नलगायत खसी, बोका र च्याङ्ग्रा किन्न पाइनेछ।

सुपथ मूल्यका पसलमा सामान खरिद गरेमा उपभोक्तालाई प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट दिने जनाइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानलगायतले सुपथ मूल्य पसलमा सामान राख्नेछन्।

देशभर ३९ स्थानमा संचालन हुने सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन गरिने जनाइएको छ। पसलमा चामल प्रतिकेजी ५, सिमी तथा फापर खरिदमा प्रतिकेजी १०, नुन प्रतिकेजी २, चिनी प्रतिकेजी ५, खसी(बोका प्रतिकेजी १० रूपैयाँ छुट पाइनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *