Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सेञ्चुरी कमर्सियल बैंक लि. र रिलायंस लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लि. र रिलायंस लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, २५ चैत्र । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र रिलायंस लाइफ इन्स्योरेन्स लिमिटेड बीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ । उक्त सम्झौतापत्रमा बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र रिलायंस लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रबिन रमन पराजुलीले हस्ताक्षर गरेका हुन् ।

बैकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x