Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

काठमाडौंको नयाँ बसपार्कमा दुई दिने सडक महोत्सव हुदैं

काठमाडौंको नयाँ बसपार्कमा दुई दिने सडक महोत्सव हुदैं

काठमाडौं, २५ चैत । काठमाडौंको गोंथबु अवस्थित नयाँ बसपार्कमा नयाँ वर्षको अवसर पारेर यहि चैत ३० र २०७५ बैशाख १ गते दुई दिने सडक महोत्सव आयोजना हुदैछ । “सडकमा खाऔं, सडकमा रमाऔं, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौं” भन्ने नाराका साथ नयाँ बसपार्कमा सडक महोत्सव हुने भएको हो ।

काठमाडौं महानगरपालिका, टोखा नगरपालिका, मित्रनगर विकास तथा सुधार समिति, नेपाल होटल व्यवसायी संघ, काठमाडौं सटर ब्यवसायी संघ, महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क, संयुक्त यातायात ब्यवसायी संघलगायत १७ संघ संस्थाको आयोजनामा भुकम्प पश्चात् नयाँ बसपार्क क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक घटेको अवस्थामा पुनः निर्माण भइरहेको र यस क्षेत्रमा पर्यटकीय हिसावले उपयुक्त छ भन्ने सन्देश दिन महोत्सव आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।

उक्त महोत्सवमा सडकमै विभिन्न खाना तथा बस्तुका स्टल रहने र ख्याति प्राप्त कलाकारबाट लोकदोहीरी तथा सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । महोत्सवलाई सफल बनाउन विभिन्न उप–समिति बनाई कार्यबाडफाड गरि अगाडी बढेको महोत्सव आयोजक समितिका सचिव भेषराज भट्टराईले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x