देवः विकास बैंकको हकप्रद शेयर आजबाट

काठमाडौं, २६ चैत । देवः विकास बैंकले आजबाट हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले उक्त हकप्रद शेयरको आवेदन वैशाख ३० गतेसम्म दिन सकिने जनाएको छ ।

बैंकले ६५ करोड ३३ लाख १० हजार ८५९ रुपैयाँ बराबरको ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले जारी गर्ने हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

बैंकले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ । यस हकप्रद शेयरको आवेदन शेयरधनीहरुले एनआईविएल एस क्यापिटल र देवः विकास बैंकको सम्बन्धीत शाखाहरु मार्फत दिन सकिने व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *