Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

प्रधानमन्त्रीको भारत भ्रमण : विज्ञ भन्छन् ‘सम्झौता र सहमति कार्यान्वयन अवको आवश्यकता हो ’

प्रधानमन्त्रीको भारत भ्रमण :  विज्ञ भन्छन् ‘सम्झौता र सहमति कार्यान्वयन अवको आवश्यकता हो ’

काठमाडौं, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक भारतको तीन दिने राजकीय भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीको यसपटकको भारत भ्रमण राजनीतिक भन्दा पनि मुलुकको आर्थिक सम्बृद्धि र विकासमा केन्द्रित भयो । तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति रामनाथ कोबिन्दसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै भारतीय समकक्षी नरेन्द्र मोदी सहित विभिन्न राजनीतिक दलका नेताहरुसँग छुट्टा–छुट्टै भेटवार्ता गरेका थिए ।

भ्रमणका क्रममा रक्सौल–काठमाडौं रेलमार्ग निर्माण, जलमार्ग मार्फत नेपाललाई समुन्द्रसम्म पहुँच दिने, कृषिको विकासमा सहकार्य गर्ने सहमति पनि भएको छ । त्यस्तै दुई देशका प्रधानमन्त्रीले मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनको शिलान्यास र बीरगंजको एकीकृत भन्सार जाँचपास चौकीको उद्घाटन पनि गरिएको थियो । यसले दुई देश बीचको व्यापार तथा पारवहानमा ब्रेकथु भएको व्यापार विज्ञ पुरुषोत्तम ओझाले बताए । यसका साथै नेपालमा रहेका दुईपक्षीय नयाँ तथा पुराना परियोजना कार्यान्वयनलाई तीब्रता दिने र आर्थिक विकासका लागि मिलेर काम गर्ने प्रतिवद्धता पनि दुई प्रधानमन्त्रीले संयूक्त रुपमा गरेका छन् । यसलाई कार्यान्वयन गर्नु महत्वपूर्ण भएको उनले बताए ।

भ्रमणमा जानु अघि नै प्रधानमन्त्री ओलीले यसपटक नयाँ सन्धी, सम्झौता गर्ने भन्दा पनि पूरानै कार्यान्वयनमा जोड दिने बताएका थिए । नेपालमा संविधान निर्माण पश्चात भारतले अघोषित नाकाबन्दीको बीच दुई वर्षअघि प्रधानमन्त्रीको हैसियतमा ओली भारत भ्रमण गएका बेला निकै तिक्ताका बीच दुई प्रधानमन्त्री बीचक संयूक्त वक्तव्य समेत जारी भएको थिएन । तर यो पटक भने १२ बुदे संयूक्त बक्तव्य जारी गरिएको छ । यसले दुई देश बीचको केही तिक्ततापूर्ण सम्बन्धको अन्त गरेको विश्लेषण गरिएको छ।

त्यस्तै प्रधानमन्त्री भारतीय व्यापारीहरुसँग पनि संयूक्त छलफल गरि नेपालमा लगानीका लागि आग्रह गरे । त्यसकारण पनि लगानी प्रवद्र्धन र दुई देशबीचको सम्बन्ध सुधारका लागि भ्रमण फलदायी भएको विश्लेष्ण स्वयंम प्रधानमन्त्रीले पनि गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x