Date

बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

साहस उर्जाको आइपीओ आजदेखि बिक्री खुला

साहस उर्जाको आइपीओ आजदेखि बिक्री खुला

काठमाडौं, ६ असोज । साहस उर्जाले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल ७० लाख कित्ता आइपीओ निष्कासन गरेको छ । त्यसमध्ये म्युचुअल फन्ड र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्ने छन् । आइपीओमा असोज १० गतेसम्म आवेदन दिन सकिने छ । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x