Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बोनस पछि एभरेष्ट इन्स्योरेन्सको भयो मुल्य समायोजन

बोनस पछि एभरेष्ट इन्स्योरेन्सको भयो मुल्य समायोजन

काठमाडौं, २६ चैत्र । बोनस प्रयोजनका लागि नेपाल स्टक एक्सचेन्जले एभरेष्ट इन्स्योरेन्सको शेयर मुल्य समायोजन गरेको छ । इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर दिने भएपछि नेप्सेले मुल्य समायोजन गरेको हो । नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्सको शेयर १३१४ रुपैयाँमा मुल्य समायोजन गरेको छ । इन्स्योरेन्सको आधार मुल्य १३५२.८२ रुपैयाँ रहेको छ ।

इन्स्योरेन्ले वैशाख १० गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त वार्षिक साधारण सभामार्फत इन्स्योरेन्सले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि प्रस्ताव गरेको छ । यस्तै कम्पनीले संस्थापक र सर्वसाधारणहरुको शेयर स्वामित्व ५१ प्रतिशत र ४९ प्रतिशत कायम राख्नको लागि हकप्रद शेयर जारी गर्नै जनाएको छ ।

कम्पनीले १ बराबर १.०५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । जसलाई संस्थापक शेयरको रुपमा कायम गरिने जनाएको छ । यस्तै कम्पनीले १ बराबर ३ कित्ता हकप्रद शेयर समेत जारी गर्ने बताएको छ । हकप्रद शेयरको लागि कम्पनीले बुक क्लोजको मिति चैत २६ गते राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x