भार्गव विकास बैंकले दियो पुष्करराज जोशीलाई निरन्तरता

काठमाडौं, २६ चैत्र । भार्गव विकास बैंकले प्रमुख कार्यकारी अधिकृतको पदमा पुष्करराज जोशीलाई निरन्तरता दिएको छ । बैंकको चैत्र २२ गते बसेको १७४औं संचालक समितिको बेठकले जोशीलाई नै प्रमुख कार्यकारी अधिकृतको पदमा निरन्तरता दिने निर्णय गरेको छ ।
जोशीलाई बैंकको संचालक समितिले आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको छ । उनको कार्यकाल २०७५ वैशाख ७ गतेबाट लागु हुने जानकारी बैंकले दिएको छ ।