
काठमाडौं, २६ चैत्र । समता माइक्रोफाइनान्स वित्तीय संस्थाले हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । माइक्रोफाइनान्सले हकप्रद शेयर निष्कासनको लागि बोर्डमा चैत्र १३ गते आवेदन दिएको हो ।
माइक्रोफाइनान्सले २ बराबर १ कित्ता अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएको छ । माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको १ करोड ८९ लाख ६० हजार रुपैयाँको १ लाख ८९ हजार ६ सय कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनको लागि माइक्रोफाइनान्सले बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियूक्त गरेको छ ।
हकप्रद शेयरको पुँजीकरण पछि समता माइक्रोफाइनान्सको चुक्ता पुँजी ५ करोड ६८ लाख रुपैयाँ पुग्ने छ ।
Leave a Reply