ओम डेभलपमेन्ट बैंकले थप्यो चार नयाँ शाखाहरु

काठमाडौं, २६ चैत्र । ओम डेभलपमेन्ट बैंकले चार नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले नवलपरासीको कावासोती, बर्दघाट, चितवनको चनौली र मकवानपुरको हेटौंडामा शाखा विस्तार गरेको हो । बैंकको कावासोती शाखाको उद्घाटन कावासोती नगरपालिका मेयर चन्द्र कुमारी पुनले गरेकी हुन् । उनले कुमारवती बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै उक्त शाखा तथा शाखाको एटिएमको उद्घाटन गरेकी हुन् । यस्तै बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बसेलले दिपज्योती बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै गरेका हुन् ।
बैंकको चनौली शाखा उद्घाटन उद्योग बाणिज्य संघ, चितवनका अध्यक्ष सहन लाल प्रधानले भिमनगर मा.बि.का बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै गरेका हुन् भने हेटौंडा शाखाको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले मकवानपूर बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै गरेका हुन् ।
यस बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको हाल ५२ शाखाहरु र ११ एटिएमहरु ११ मार्फत बैंकिङ सेवा दिदै आएको छ । बैंकले ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको छ भने बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गरेको बताएको छ ।