Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

उद्योग संगठन मोरङद्वारा स्टार्टअप व्यवसायीहरुका लागि वुट क्याम्पको आयोजना

उद्योग संगठन मोरङद्वारा स्टार्टअप व्यवसायीहरुका लागि वुट क्याम्पको आयोजना

काठमाडौं, १५ असोज । स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत छनोट भएका चौविस स्टार्टअप व्यवसायीहरुको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन आजदेखि उद्योग संगठन मोरङको आयोजनामा चार दिने वुट क्याम्प कार्यक्रम सुरु भएको छ।

कार्यक्रममा उद्योग संगठन मोरङको स्टार्टअप एण्ड ईनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले जबसम्म देशका युवा वर्गले आफनो सोचलाई व्यसायीकतामा रुपान्तरण गर्न सक्दैन तबसम्म देशले आर्थिक समृद्धि हाँसिल गर्न नसक्ने बताए । उद्योग संगठनले नया“ उद्यमशिलता विकासका सन्दर्भमा प्रारम्भ गरेको प्रयासलाई सफल वनाउन सबैमा आग्रह गरे । उनले चार दिने वुट क्याम्प मार्फत प्रदान गरिने ज्ञान र शिपले स्र्टाटअप व्यवसायीहरुको सोच र अवधारणाको व्यवसायीक विकासका लागि नया सम्भावना र आयामहरुको वारेमा दक्ष्ँता अभिवृद्धि गरीने वताउदै कार्यक्रमको अन्तिम दिन हाट बजारको आयोजना गरि स्टार्टअपहरुको सम्वन्धमा जानकारी दिईने वताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x