Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सिद्धार्थ हस्पिटालिटी र चितवन प्याराडाईज होटलमा गरिमा विकास बैंकका ग्राहकलाई आर्कषक छुट

सिद्धार्थ हस्पिटालिटी र चितवन प्याराडाईज होटलमा गरिमा विकास बैंकका ग्राहकलाई आर्कषक छुट

काठमाडौं, १८ असोज । ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र पर्यटकिय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाईज होटल’ सँग गरिमा विकास बैंकले उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ । बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’को शाखाहरुबाट विल भुक्तानी गर्दा रुम र फुड एण्ड वेभरेजमा आकर्षक छुट पाउने जनाइएको छ।

कुन सेवामा कति प्रतिशतसम्म छुट उपलब्ध गराउने भन्नेबारे भने बैंकले जानकारी गराएको छैन् ।

बैंकले आफ्ना ग्राहकहरुको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरुसँग छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको र यसलाई भविष्यमा पनि प्राथमिकताको साथ निरन्तरता दिने जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x