कामना सेवाले ल्यायो अनलाइन डिम्याट सुविधा
काठमाडौं, २० असोज । कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । अब बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाईन मार्फतनै डिम्याट खाता तथा मेरो शेयर खोल्न सक्नेछन् ।
अनलाइनमार्फत खाताको लागि आवेदन दिएको केहि समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ । साथै बैंकमा खाता नभएका ग्राहकले अनलाईनबाटै उच्चतम ब्याजदर सहितको बैंकको नयाँ शुभलाभ लगानी बचत खाताू खोली यो सुविधा उपभोग गर्न सक्नेछन् ।
जस अन्तर्गत ग्राहकहरुले प्रथम वर्ष निःशुल्क मोबाईल तथा ईन्टरनेट बैकिङ, तथा लकर सुविधा प्राप्त गर्न सक्नेछन् । देशभर फैलिएका बैंकको १२९ शाखा तथा एक विस्तारीत शाखाबाट डिम्याट खाता सम्बन्धी सुविधाहरु सजिलै प्राप्त गर्न सकिनेछ ।