मध्य भोटेकोशी जलविद्युतको आइपीओ खुला

काठमाडौं, २० असोज । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आजबाट खुला भएको छ। कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

त्यसमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *