हिमालयन बैंकका अध्यक्ष श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौं, २० असोज । हिमालयन बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलवार अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात मंगलवार नै बैंक अध्यक्षको पद बहाली गरेका छन् । उनलाई बंैकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणा लगायत बंैकका वरिष्ठ अधिकृतहरूले स्वागत गरेका थिए । श्रेष्ठलाई २०७८ साल आश्विन १३ गते बुधबारका दिन बसेको बैंकको ४११ औं संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको संचालक समितिका सदस्य थिए ।