Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

ओरियन्टल होटल्सको साधारणसभा सम्पन्न, गत आवमा २० करोड ३६ लाख खुद नोक्सान

ओरियन्टल होटल्सको साधारणसभा सम्पन्न, गत आवमा २० करोड ३६ लाख खुद नोक्सान

काठमाडौं, २० असोज । ओरियन्टल होटल्सको चौबिसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार ओरियण्टल होटल (र्याडिसन होटल), लाजिम्पाटबाट भर्चुअल माध्यमबाट कम्पनीको अध्यक्ष सुभद्रा श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

साधारणसभाले कम्पनीको आर्थिक बर्ष २०७७÷०७८ को संचालक समितिको बार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको २०७८ अषाढ मसान्तको वासलात, सोहि मितिमा समाप्त आर्थिक बर्ष २०७७÷०७८ को नाफा नोक्शान हिसाब तथा नगद प्रवाह विवरण र सोहि अवधिको बित्तीय विवरणसंग सम्बन्धि टिप्पणीहरु पारित गरेको छ ।

आर्थिक वर्ष २०७७÷०७८ मा होटलको कुल आम्दानी रु. १३.१२ करोड रहेको र कुल सञ्चालन खर्च रु. ३३.४२ करोड भई जम्मा रु. २२.५७ करोड सञ्चालन नोक्सान भएको र सम्पूर्ण खर्चहरु कट्टा गरी खुद नोक्सान रु. २०.३६ करोड भएको र अघिल्लो वर्ष २०७६÷०७७ मा खुद नाफा ६.६९ करोड भएको जानकारी गराइएको छ । यसरी नोक्सान हुनुको मुख्य कारण कोभिट १९ को प्रभावले पर्यटकहरु आगमन नहुनु साथै नेपाल सरकारबाट जारी निर्देशन अनुशार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, स्वीमिङ्ग पुल, हेल्थ कल्ब आदी खोल्न बन्देजको कारण रहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x