Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

इजरायल जानेको अन्तिम नतिजा सार्वजनिक, ७० प्रतिशत महिला

इजरायल जानेको अन्तिम नतिजा सार्वजनिक, ७० प्रतिशत महिला

काठमाडौं, २६ असाेज । इजरायलमा केयरगिभरमा जानेको अन्तिम नतिजा सार्वजनिक भएको छ । भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षामा रहेकाको वैदेशिक रोजगार विभागको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारतर्फबाट गोलाप्रथा प्रणालीमार्फत एक हजार १ सय ७५ जना छनोट भएका हुन् ।

नेपालबाट विभिन्न चरण पार गरी एक हजार ६ सय नेपालीलाई सूचीकृत गरिएकोमा त्यो सङ्ख्याका श्रमिक गोलाप्रथाबाट छानिएका हुन् । विभागका अनुसार छनोटमा परेकामध्ये सिफारिसमा परेकालाई इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ८सय २१ महिला रहेका छन् भने र ३ सय ५४ पुुरुष छनोट परेका छन् । छनोट हुने कुल महिलाको संख्या ७० प्रतिशत छ भने पुरुष ३० प्रतिशत छन् ।

सूचीकृतहरूको छनोट इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथा प्रणालीमार्फत भएको थियो । अभौतिक रूपमा गरिएको उक्त छनोट कार्यक्रममा वैदेशिक रोजगार विभागलगायत अन्य केही सरोकारवालाको पनि सहभागिता रहेको थियो । छनोटमा परेका व्यक्तिले अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट लिनुपर्नेछ भने उक्त प्रक्रियामा अनुुत्र्तीण भएमा इजरायल जान पाइँदैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x