बैंक अफ काठमाण्डौंद्वारा विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौं, ११ कात्तिक । बैंक अफ काठमाडौं लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीति अन्तर्गत देशभरिका राष्ट्रियस्तर, प्रदेशस्तर, जिल्लास्तर तथा स्थानियस्तरका अस्पताल तथा स्वास्थ्यचौकीहरुमा व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) मास्क, सर्जिकल ग्लोब्स र सेनिटाइजर हस्तान्तरण गरेको छ ।
प्रदेश नं १ अन्र्तगत खादँबारी जिल्ला अस्पताल, प्रदेश नं. २ अन्र्तगत स्वास्थ्य चौकी सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिकाद्वारा संचालित प्राथमिक स्वास्थ्य चौकी, मिर्चैया र गढीमाई नगरपालिकाद्वारा संचालित समनपुर स्वास्थ्य चौकी, रौतहट, बागमती प्रदेश अन्तर्गत भक्तपुर अस्पताल र कीर्तिपुर अस्पताल, लुम्बिनी प्रदेश अन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ तथा सुदुरपश्चिम प्रदेश अन्तर्गत टिकापुर अस्पताल र डडेलधुरा अस्पताललाई भिन्नभिन्न समारोहहरुका बीच सम्बन्धित अस्पताल तथा स्वास्थ्य चौकीको प्रमुखलाई बैंकको प्रतिनिधीहरुद्वारा उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
उक्त व्यक्तिगत स्वास्थ्य सामग्रीहरुको वितरणले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंक अफ काठमाडौं लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य, शिक्षा, दैवीक प्रकोप, वित्तीय साक्षरता लगायत थुप्रै क्षेत्रहरुमा अग्रसर भई सबै प्रदेशहरुमा समानुचित रुपमा सहयोग हस्तान्तरण गरिरहेको छ ।



