एनआईसी एशिया बैंकको स्वतन्त्र संचालकमा विजया स्वार नियुक्त

काठमाडौं, ११ कात्तिक । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा विजया स्वार नियुक्त भएकी छिन् । नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढि अवधिको कार्यअनुभव संगागेकी स्वारलाई बैंकको सञ्चालक समितिको बुधवार बसेको बैंठकले सोही दिनदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । फिलिपिन्सको एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट स्नातकोत्तरसम्म अध्ययन गरेकी उनी कृषि विकास बैंकमा सन् १९८६ मा शाखा अधिकृतबाट बैंकिङ्ग सेवा सुरु गरेर सन् २०१६ मा नायब महाप्रबन्धक पदबाट अवकाश भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *