Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

बिहीबार १३ अंकले बढ्यो

बिहीबार १३ अंकले बढ्यो

काठमाडौं, ११ कात्तिक । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १३.०४ अंकले वृद्धि भएर बन्द भएको छ । बजार यो साता लगातार बढेको छ । आज ०.४७ प्रतिशतले वृद्धि भएर बजार २७८२.१७ विन्दुमा रोकिएको हो ।

आज २२२ धितोपत्रहरुको ९२ लाख ३६ हजार कित्ता ५ अर्ब ३९ करोड ५२ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

सर्वाधिक परिसूचक वृद्धि रिद्धि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएर ७९७ रुपैयाँ कायम भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २९ करोड १९ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । त्यसैगरी दोस्रोमा नविल बैंक रहेको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ६ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि अन्य २.५३ प्रतिशत र माइक्रोफाइनान्स समूहको २.४३ प्रतिशत भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x