Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

१८ औं हस्तकला ब्यापार मेला मंसिर ३ गतेदेखि हायात होटलमा हुने

१८ औं हस्तकला ब्यापार मेला मंसिर ३ गतेदेखि  हायात होटलमा हुने

काठमाडौं, ११ कात्तिक । आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म १८औं हस्तकला ब्यापार मेला तथा १६औं कला प्रतियोगिता हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौंको हायात रिजेन्सी होटलमा उक्त मेला आयोजना हुने भएको हो । बिहीबार पत्रकार सम्मेलन गरी मेला आयोजना गर्ने जानकारी दिएको हो । मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने बताइएको छ ।

मेलामा स्वदेशी हस्तकलाका सामग्रीहरुको प्रदर्शनका लागि १२० वटा स्टलको व्यवस्था गरिएको छ । उक्त स्टलहरुको बुकिङ खुला गरिसकिएको छ ।

मेलाका प्रमुख आकर्षणको रुपमा कला प्रतियोगिता अन्र्तगत नेच्यूरल फाईवर (प्राकृतिक रेसा) र फिलगिरी गरी २ वटा विधामा प्रतियोगिता गरिने मेलाका संयोजक उपाध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रेता तथा बिक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्नु, नवोदित उद्यमी ब्यवसायीलाई बजार पहुँचको अवसर प्रदान गर्नु तथा हस्तकला र नेपाल संस्कृतिबीचको सम्बन्धलाई जनमानसमा उजागर गर्नु पनि मेलाको उद्देश्य रहेको छ ।

मेलालाई उद्योग वाििणज्य तथा अपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहयोग रहनेछ । प्रत्येक वर्ष काठमाडौंको भृकुटीमण्डपको हलमा हुँदै आएको मेला यो वर्ष हायात रेजेन्सी होटलमा आयोजना गर्न लागिएको छ । भृकुटीमण्डपको हल पुननिर्माण भइरहेकोले यो वर्ष होटलमा मेला आयोजना गर्न बाध्यता परेको आयोजकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x