मध्यभोटेकोशीको आईपीओ बाँडफाट, १० कित्ताको दरले ८ लाख १९ हजारले पाए
काठमाडौं, १२ कात्तिक । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) शेयर बाँडफाट गरिएको छ । कम्पनीको आईपीओ ८ लाख १९ हजारले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका छन् ।
आइपीओका लागि योग्य मानिएका आवेदनमध्ये ६४ प्रतिशत अर्थात् १४ लाख ७५ हजार ४९६ जनाको खात हाली भएको छ ।विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार दोहोरोपन र अन्य कारणले २२ लाख ४१ हजार ५०० कित्ताको आवेदन रद्द गरिएको छ ।
कम्पनीको आईपीओमा कुल २३ लाख ९० हजार २१८ वटा आवेदन परेकोमा २२ लाख ९४ हजार ४९६ वटा आवेदन बाँडफाँडका लागि योग्य ठहरिएका थिए । उक्त संख्याबाट ३ अर्ब १९ करोड ४१ लाख ७९ हजार रुपैयाँ बराबरको ३ करोड १९ लाख ४१ हजार ७९० कित्ता शेयर माग भएको थियो ।
कम्पनीले प्रतिशेयर अंकित मुल्य १०० रुपैयाँ दरको ९० लाख कित्ता शेयर निष्काशन गरेकोमा सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशतले हुन आउने ४ लाख ५० हजार कित्ता र कम्पनीका कर्मचारीहरुको लागि ४ प्रतिशतले हुन आउने ३ लाख ६० हजार कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ८१ लाख ९० हजार कित्ता शेयर खरीका लागि सर्वसाधारणमा असोज २० गतेदेखि २५ गतेसम्म सार्वजनिक निष्काशन मार्फत बिकी खुला गरिएको थियो ।