Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नबिल बैंकद्वारा धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकद्वारा धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं, १२ कात्तिक । नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ ।

बैंकका संचालक आशा राणा अधिकारीको उपस्थितिमा बिहीवार आयोजित एक कार्यक्रमबिच बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाका तर्फबाट अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी मार्फत स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम÷तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई उद्यमका लागि गाउ“पालिकाको सिफारिशमा बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम÷तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बैंक सञ्चालक अधिकारीले यस सम्झौताले गजुरी गाउँपालिकामा रोजगारी सृजना र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताइन् । त्यस्तै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने धारणा व्यक्त गरे । गाउँपालिका उपाध्यक्ष सीता ढुंगानाले वित्तीय पहुँचलाई महिला तथा विपन्न वर्ग लक्षित बनाउनुपर्ने बताइन् ।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा शुरू गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x