Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सोलु करिडोर प्रसारण लाइनको काम अन्तिम चरणमा

सोलु करिडोर प्रसारण लाइनको काम अन्तिम चरणमा

सोलुखुम्बु, १२ कात्तिक । सोलु करिडोर १३२ केभी प्रसारण लाइनको काम चाँडै सम्पन्न हुने भएको छ । आठौंपटक म्याद थप भएको आयोजनाको काम अबको दुई महिनाभित्र सम्पन्न हुने आयोजना प्रमुख जनार्दन गौतमले बताए ।

आयोजना प्रभावित क्षेत्रमा पर्ने उदयपुरको कटारी नगरपालिका–४ मरुवाका स्थानीयवासीले मुआब्जा बझ्न तयार भएसँगै चाँडै काम सम्पन्न हुने सम्भावना बढेको उनको भनाइ छ । एक वर्षमा तीन पटकसम्म म्याद थप गरिएको भन्दै प्रमुख गौतमले अब चाँडै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

उदयपुरको म?वा र सोलुखुम्बुको पत्तालेका प्रभावित स्थानीय जग्गाधनीको अवरोधका कारण आयोजनाको काम रोकिएको थियो । जिल्लामा देखिएको समस्या समाधानका लागि स्थलगत अनुगमनदेखि जग्गाधनीसँगको बारम्बार संवादपछि अवरोध हटेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए । अवरोध हटेसँगै पत्ताले क्षेत्रमा बाँकी रहेको दुई किलोमिटर तार तान्ने काम सम्पन्न भएको प्रजिअ शाहीको भनाइ छ । सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङ्लासम्म ९० किलोमिटर दूरीमध्ये अब १८ किलोमिटर तार तान्ने काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रसारण लाइन अन्तर्गत ३०२ वटा टावर निर्माण गर्नुपर्नेमा २९८ वटा सम्पन्न भएको आयोजनाले जनाएको छ । बाँकी चार वटा उदयपुरको कटारी नगरपालिका–४ मरुवामा निर्माण हुनेछ ।

ऐलानी जग्गाको मुआब्जा दिनुपर्ने अडान राखेका त्यहाँका स्थानीयवासीले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । ऐलानी जग्गाको मुआब्जा दिनेसहितको सूचना सार्वजनिक भए पनि बुझ्न आउनुको सट्टा अदालतमा जाँदा विलम्ब भएको प्रमुख गौतमले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x