Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

हिमालयन बैंकद्वारा सिद्धि स्मृति प्रतिष्ठान-सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रमलाई सहयोग

हिमालयन बैंकद्वारा सिद्धि स्मृति प्रतिष्ठान-सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रमलाई सहयोग

काठमाडौं, २९ कात्तिक । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर उपमहानगर पालिका, भिमसेनस्थान–७ स्थित “सिद्धि स्मृति प्रतिष्ठान—सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं बृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ ।

बैंकले सहयोग स्वरुप उक्त अस्पताल तथा बृद्धाश्रमलाई बाह्र हजार थान बहिरङ्ग दर्ता किताब प्रदान गरेको छ । वि.सं. २०५९ मा स्थापित उक्त अस्पताल भक्तपुर क्षेत्रकै एक प्रतिष्ठित अस्पताल हो । अस्पतालले विशेषतः बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोग सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । विभिन्न स्वदेशी तथा विदेशी दाताहरुको सहयोगमा संचालित यस प्रतिष्ठानले अस्पतालका साथै बृद्धाश्रम समेत संचालन गरिरहेको छ ।

बैंकका तर्फबाट बैंकका सहायक महाप्रबन्धक विपिन हाडाले उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानका प्रशासन प्रमुख अनिल राजभण्डारीलाई एक समारोहका बीच हस्तान्तरण गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x