तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न बाँकी
काठमाडौं, ३ मंसिर । मुलुकभरका कुल ७५३ स्थानीय तहमध्ये अझै तीन वटामा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पुर्याउने सरकारको योजना पूरा हुन अझै समय लाग्ने देखिएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार धार्दिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेको हो ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो तीन महिनाको तथ्यांकले ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा ‘क’ वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको देखाएको छ । गतवर्षको सोही अवधिमा ७४८ स्थानीय तहमा वाणिज्य बैंक पुगेका थिए ।
ग्रामीण क्षेत्रका नागरिकलाईसमेत सहजरुपमा वित्तीय सेवा र पहुँच पु¥याउन नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई पनि विशेष सुविधा र सहुलियत दिँदै आएको छ ।