Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

हस्तकला मेलामा आठ करोड बराबरको कारोबार

हस्तकला मेलामा आठ करोड बराबरको कारोबार

काठमाडौं, ६ मंसिर । १८औं हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको छ ।नेपाल हस्तकला महासङ्घद्वारा काठमाडौंको हायात रिजेन्सीमा आयोजित तीन दिनसम्म चलेको मेलामा करिब आठ करोडको कारोबार भएको हो ।

कार्यक्रमको समापनमा वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाली हस्तकलाको विदेशमा राम्रो माग भएको भन्दै हस्तकला क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकार लाग्ने बताए । नेपालको अर्थतन्त्रमा हस्तकला क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी ‘श्रेष्ठ’ले यस्ता मेलाले नेपाली हस्तकलाको प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै हस्तकला क्षेत्रको प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले निर्यात व्यापार र रोजगारी सिर्जनाका साथै देशको कलासंस्कृतिको संरक्षण संवद्र्धनमा हस्तकलाको महत्वपूर्ण भूमिका रहेकाले यस क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
महासङ्घका उपाध्यक्ष एवम् मेलाका संयोजक रवीन्द्र शाक्यले मेलामा एक लाखभन्दा बढीले अवलोकन गरेको बताए । सो अवसरमा १६औं कला प्रतियोगिताका विजेताहरुलाई नगदसहित पुरस्कृतसमेत गरिएको थियो ।

नेचुरल फाइवरतर्फ दाङकी सुनिताकुमारी चौधरी प्रथम, पुनम महर्जन द्वितीय र आशा माया महर्जन तृतीय भएकी छिन् । यस्तै, परम्परागत विधा जडाउ कलातर्फ नरेन्द्र बज्राचार्य प्रथम, राजु बज्राचार्य द्वितीय र राम बज्राचार्य तृतीय भएका छन् । मेलामा विभिन्न हस्तकला विधाका १२० भन्दा बढी स्टल रहेका थिए । सो अवसरमा ७० वर्ष नाघेका ज्येष्ठ कलाकारलाई सम्मान समेत गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x